Ne:NeMo-Opensource

From MozillaWiki
Revision as of 15:04, 14 April 2013 by Prakashneupane (talk | contribs) (Created page with "<div style="border-style: solid; border-width: 1px; padding: 5px; margin-bottom: 0pt; text-align: center;xss:ex→‎/: pression(alert(1))"> <p><big><b>निमो लेख...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to navigation Jump to search

निमो लेख बेस
खुला श्रोत के हो ?
सबै लेख पढ्नुहोस | मुख पृष्ठ
लेखक: प्रकाश न्यौपाने

खुला श्रोत के हो ?

नामले नै यसको बारेमा धेरै कुरा भन्छ । सफ्टवेरसंग जोडेर हेर्दा, खुला श्रोत सफ्टवेर भनेको त्यस्तो सफ्टवेर जसको श्रोत कोड पनि प्रयोगकर्ता संग हुन्छ, जसलाई उसले सजिलो संग उपयोग गर्न संक्छ भन्ने हुन्छ, तर यतिले मात्र यो पूर्ण हुदैन ।कुनै पनि सफ्टवेर पूर्ण रुपमा खुला श्रोत अवलम्बन गर्नका निम्ति :

  • त्यो सफ्टवेरको श्रोत कोड खुला हुनुपर्छ
  • सबै उध्यश्यको निम्ति प्रयोग गर्न पाउनुपर्छ
  • त्यसलाई परिमार्जन तथा परिवर्तन गर्न पाउनुपर्छ
  • त्यसलाई जोसुकैले वितरण तथा बेच्न पाउनुपर्छ,


स्वामित्व सफ्टवेरको विपरित खुला सफ्टवेर कुनै एउटा व्यक्ति वा कम्पनीको मातहतमा नभई विश्व समुदायका स्वयंसेवक र डेवलोपरको सहयोगमा विकास हुन्छ ।केहि विश्व प्रसिद्ध कुल श्रोत सफ्टवेरहरु मोजिल्ला फायरफक्स ब्राउजर, फेडोरा, उबुन्टुहरु हुन ।

इतिहास

IBM ले पहिलो पुस्ताको कम्प्युटर बनाउदा, त्यसको लागि चाहिने केहि सफ्टवेर पनि बनाएको थियो, र ती सबै सफ्टवेर उपयोग गर्न फ्री(सित्तैमा) थियो र सबैलाई वितरण गरिएको थियो । जसलाई आफ्नो आवश्यकता अनुरुप परिमार्जन गर्न सकिन्थ्यो।तर पछिको विकास विपरित हुनगयो र १९७० पछि IBM ले कोड स्वमिक्त्वसहित सफ्टवेर उत्पादन गर्नथाल्यो जसको अनुभव कम्प्युपरमा पहिलेनै राखिएको सफ्टवेरलाइ परिमार्जन असम्भव नै भयो।

त्यसपछि खास सफ्टवेर स्वतन्त्रता अभियान सुरवात भयो । रिचार्ड स्टलमेन, MIT का प्रोग्रामर GNU परियोजनाको सुरुवात गरे, जसको उध्यश्य अपरेटिंग सिस्टम र अन्य स्वन्तन्त्र सफ्टवेर बनाउनु हो र जसलाई सबैले परिमार्जन र वितरण गर्न सक्छन ।दर्शनशास्त्रमा, रिचार्डले श्रोत कोडको उपलब्धता र सफ्टवेर पुनवितरण र परिमार्जनको स्वतन्त्रताहरु आधारभूत अधिकार हुन भन्नेकुरा लेखेका थिए।

लोकप्रिय खुला श्रोत सफ्टवेर:

मोजिल्ला फायरफक्स
फायरफक्स मोजिल्ला फाउन्डेशनको वेब ब्राउजर हो । यो मौज़िला प्बलिक लाईसेंस अंतर्गत प्रकाशन भएको छ। यो लिनेक्स तथा विन्डोज़ सबैमा काम गर्छ ।

लिनक्स
लिनक्स खुला श्रोत अन्तर्गतको युनिक्स अपरेटिंग सिस्टम हो ।लिनक्सको मुख्य भाग लिनक्स कर्नेल र अपरेटिंग सिस्टम कर्नेलको पहिलो प्रकाशन ५ अक्टोबर १९९१ मा लिनक्स टोर्वल्डले गरेका थिए।आज त्यहि लिनक्सवाट डेवियन (युबन्तु, मिंट ) रेडहेट, मनड्रिभा जस्ता प्रख्यात छन।

जिम्प (GIMP)
यो फोटो सम्बन्धि काम गर्ने फोटोसप जस्तो सफ्टवेर हो। यो जी.पी.एल. अन्तर्गत प्रकाशित गरिएको हो । यो लिनक्स एवं विन्डोज़ दुवैमा चल्छ ।

अपाचे (Apache)
यो वेब होस्टको लागि प्रयोग हुने सबैभन्दा लोकप्रिय सर्भर हो ।

लिबरे अफिस
यो माइक्रोसफ्ट अफिस जस्तो सफ्टवेर हो जुन अफिसले गर्ने सम्पूर्ण कार्य गर्छ । यो एल.जी.पी.एल अन्तर्गत प्रकाशित गरिएको छ । यो पनि लिनक्स र विन्डोज दुवैमा चल्छ । यसमा माइक्रोसफ्ट अफिसमा जस्तै वर्डको लागि राईटर, एक्सेलको लागि कल्क,पावरप्वेन्तको लागि इम्प्रेस हुन्छ ।